अर्घाखाँची दुर्घटना अपडेट : मृतक सबैको सनाखत

जनपत्र
१३ मंसिर २०७६, शुक्रबार ०६:४५

अर्घाखाँचीको नरपानीमा बुधबार साँझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित १९ जना मृतकको सनाखत भएको छ। दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र एकजनाको चौराहा अस्पताल प्रालि बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क-७ डिहिडाँडा कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया  मोनिका खड्का, शीतगंगा-२ सीतापुर झिर्रा घर भई हाल कपिलवस्तुको चप्परगाँउ बस्ने गाढी धनी ३७ वर्षीय शन्तबहादुर बस्नेत, उनको भाइ बुहारी २७ वर्षीय सीता बस्नेत रहेका छन्। त्यसैगरी, कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा क्षेत्री  (वसन्त), अर्घाखाँची सन्धिखर्क-७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाँउका ५४ वर्षीय बलाराम भट्टराई, भूमिकास्थान नगरपालिका-९ का २७ वर्षीय शैलेस थापाको दुर्घटनामा मृत्यु भएको छ।
त्यसैगरी, सन्धिखर्क-१० का ५४ वर्षीय छविलाल गैरे, गुल्मी धुर्कोट-२ घर भई हाल सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत, कपिलवस्तु बाणगंगा-७ का ३ महिनाको बालक शोभाखर पोखरेल, सनपा-२ की ५९ वर्षीया सिताकुमारी सार्की, भुनपा-९ का ५० वर्षीय सीता घिमिरे, सोही ठाउँकै ५० वर्षीय विष्णुमाया गैरेको दुर्घटनामा मृत्यु भएको हो। त्यसैगरी, मत्यु हुनेमा भुनपा-७ का ५१ वर्षीय मेघनाथ जैसी भण्डारी, शीतगंगा १ का १५ वर्षीय मन्जु विक, छत्रदेव गाउँपालिका-८ का ४२ वर्षीय कृष्णबहादुर सुनार, शीतगंगा-७ कल्लेरीका ४८ वर्षीय लोकबहादुर दर्जि , ५५ वर्षीय हरि बहादुर दर्जी र भुनपा ९ ठुलाडेबा बस्ने २२ वर्षीय शैलेस थापा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*