केटाकेटीसामु मदिरा पिउन किन हुँदैन ?

जनपत्र
१३ मंसिर २०७६, शुक्रबार ०६:२६

घरमा केटाकेटीसामु मदिरा पिउने बानी छ भने सावधान हुनुहोस्, तपाईं आफ्नो छोराछोरीमाथि नराम्रो असर पार्दै हुनुहुन्छ । बेलायतको इन्सटिच्युट अफ अल्कोहल स्टडिजले प्रकाशन गरेको एक अध्ययन रिपोर्टअनुसार तपाईंले केटाकेटीसामु मदिरा पिउनु उनीहरुलाई पनि पिउन प्रोत्साहन गर्नु हो ।

जब तपाईंले किसोरकिसोरीका अगाडि पिउनुहुन्छ, उनीहरुमा ‘पिउनु ठीक हो’ भन्ने मानसिकताको विकास हुन्छ । त्यसैले, जानकारहरु १५ वर्षमुनिका केटाकेटी मदिरामुक्त वातावरणमा हुर्किनुपर्ने बताउँछन् । प्रायः अभिभावकमा केटाकेटीले उनीहरुले पिएकोमा चासो राख्दैनन् भन्ने सोचाइ हुन्छ । तर, यो गलत सोचाइ हो । अध्ययनले आधाजसो बेलायती अभिभावकले आफ्ना केटाकेटीका अगाडि हल्का पिउने गरेको देखाएको छ । एकतिहाइ अभिभावक भने पूरै ‘ड्रंक’ हुने गरेका छन् ।

तीमध्ये, एकचौथाई अभिभावकका छोराछोरीले आफ्ना बाबुआमाले पिउँदा ‘इम्ब्यारेस्ड’ भएको बताए । बाँकीले भने उनीहरुका अभिभावकले बेड टाइम बिर्सेको, उनीहरुसँग अरुवेलाभन्दा बढी वादविवाद गरेको प्रतिक्रिया दिए । निष्कर्षस्वरुप रिपोर्टले ‘मदिरा पिउनुलाई ग्ल्यामराइज नगर्न’ अभिभावकहरुलाई सुभाब दिएको छ । अल्कोहलका हानि र खतराबारे आफ्ना केटाकेटीसँग खुलेर कुरा गर्न तर आफ्नो ह्याङओभरबारे कुरा नगर्न पनि रिपोर्टले सुझाएको छ । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*