अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउन दिवस मनाउने प्रदेश ३ सरकारको तयारी

जनपत्र
१२ मंसिर २०७६, बिहीबार १८:०९

हेटौंडा । ‘दिगो विकासको लक्ष अपाङ्गता मैत्री भविष्य’ भन्ने मुल नाराका साथ यही मंसिर १७ गते २८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउन लागिएको छ । अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउने सन्दर्वमा आज मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा वैठक वसेको थियो । वैठकले दिवसका अवसरमा हेटौंडामा दिप प्रज्वलन गर्ने, पदयात्रा कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकमा प्रदेश सभाका सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, मन्त्रालयका सामाजिक महासाखाका प्रमुख इन्दिरा ओझा, महासाखाका आठौ तहका महिला विकास अधिकृत चन्द्रकुमारी व्यञ्जनकार, अपाङ्गताका क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*