नरपानीमा बस दुर्घटना : १२ जनाको घटनास्थलमै मृत्यु

अर्घाखाँची — अर्घाखाँचीको सन्धीखर्क नगरपालिका(६ स्थित रातामाटाका बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । घाइते अन्य यात्रुको उद्धार जारी रहेको छ । सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु२ख २१४८ नम्बरको यात्रुबाहक बस नरपानी रातामाटामा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ ।
प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा परी सख्त घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको छ। सडक तल भीर र जंगल भएकाले अन्य सम्भावित घाइतेहरुको खोजी कार्य भइरहेको उपरीक्षक विष्टले बताए।