महायज्ञबाट १ करोड ५० लाख संकलन

जनपत्र
१० मंसिर २०७६, मंगलवार २०:०१

हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंसिर ३ गते मंगलबारबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज मंगलबार समापन भएको छ ।

प्रख्यात बाचन पण्डित दिनबन्धु पोखरेलले बाचन गर्नुभएको सप्ताह महायज्ञ समापनको दिन आज मंगलबार २२ लाख रुपैयाँ संकलन भएको लेखा समिति संयोजक विनोद घिमिरेले जानकारी दिए । समापनको दिन ठूलो रकम सहयोग गर्नेहरुमा हेटौंडा १८ का माधव थापा र मुकुन्द थापाबाट १२ लाख रकम बराबरको १ कठ्ठा जग्गा दान गर्नुभएको छ भने हेटौंडा ५ का व्यवसायी तथा समाजसेवी रामबहादुर गौतमबाट २ लाख ७ हजार, पण्डित नारायण पोख्रेल प्रतिष्ठान काठमाडौंबाट १ लाख, हेटौंडा १८ का रामजी थापाबाट ६६ हजार, हेटौंडा १८ घर भई हाल अष्ट्रेलिया बसोबास गरिरहेका रञ्जन कार्की र रञ्जु कार्कीबाट ५५ हजार, साह मेडिकल हल हेटौंडाका संचालक केशरीप्रसाद साहबाट ५१ हजारसहित २२ लाख रुपैयाँ संकलन भएको मूल आयोजक समितिले जनाएको छ ।

मंसिर ३ गते उद्घाटनका दिन २२ लाख ५० हजार, मंसिर ४ गते ५ लाख, मंसिर ५ गते बिहिबार ४ लाख ५५ हजार रुपैँया, ६ गते शुक्रबार २० लाख, ७ गते शनिबार ३५ लाख, ८ गते आईतबार २५ लाख, ९ गते २४ लाख ५० हजार र आज समापनको दिन मंगलबार २२ लाख रुपैयाँ गरी १ करोड ५८ लाख ५ हजार रुपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता एवं महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमूख आतिथ्यतामा भएको समापन कार्यक्रममा बाचन पंण्डित दिनबन्धु पोख्रेल, हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र बानियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए । समापन कार्यक्रममा विद्यालयको सहयोगार्थ लगाइएको महायज्ञमा सहयोग गर्नेहरुलाई सम्मान पत्र र मायाको चिनो दिएर सम्मान गरिएको थियो । मंसिर ३ गतेबाट मंसिर १० गतेसम्म संचालन भएको श्रीमद् भागवत सप्ताह महायज्ञबाट उठेको रकमले गोरक्षनाथ माविमा प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बानियाँले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*