हेटौंडाका ३६६ जना किसानको फौजिकिराले धान सखाप पारेपनि क्षेती पाएनन्

जनपत्र
१० मंसिर २०७६, मंगलवार ०७:२७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका किसानका खेतमा फौजी किराले सखाप पारेको धानको क्षेती रकम पाएका छैनन् । राहत रकम नपाउँदा किसानहरु थप चिन्तीत वनेका छन् । हेटौंडाका विभीन्न वडाका ३ सय ६६ जना किसानले खेतका लगाएको धानमा फौजी किरा देखा परेको थियो ।

विगौ विगाहा खेतमा लगाएको धानमा फौजी किराका कारण समस्या भोग्दै आएका छन् । फौजी किरा लागेका किसानको तथ्याङक संकलन गरेर हेटौंडा उपमहानगरपालिकाले प्रदेश नम्बर ३ को भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाएपनि त्यसको संबोधन नभएको किसानहरुले वताएका छन् ।

एक महिना अगाडीनै फौजिकिराले पारेको क्षेतिको विवरण सहित पठाएको भएपनि यसको कुनै पनि सुनुवाइ नभएकोमा किसानहरु थप चिन्तीत भएका छन् । फौजीकिराका कारण हेटौंडा १७ मा एक सय ५५ जना, हेटौंडा १८ मा एक सय ८२ जना, हेटौंडा १६ मा १२ जना, र हेटौंडा ६ मा १७ जना किसानको खेतमा फौजी किराले धानवाली नष्ट गरेको हेटौंडा उपमहनागरपालिका कृषि साखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*