प्रेस संगठनको केन्द्रमा मकवानपुरका ६ पत्रकार

प्रेस संगठनले सुनिल खड्कालाई ३ नम्बर प्रदेशको सहसंयोजकको जिम्मेवारी पनि दिएको छ भने रामकुमार एलनलाई प्रतिष्ठानको ईन्चार्जको जिम्मेवार दिईएको छ ।
जनपत्र
१० मंसिर २०७६, मंगलवार ०५:४६

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संस्था प्रेस संगठन नेपालमा मकवानपुरका ६ जना पत्रकार पर्न सफल भएका छन् ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी एकिकरण भएसंगै उनीहरु निकट पत्रकारसम्बद्ध संस्था पनि एकिकरण भएको थियो । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर मिलेर प्रेस संगठन बनेको थियो  ।

एकिकरणको लामो समयपछि प्रेस संगठनले आफ्नो केन्द्रीय कार्यसमितिको नाम घोषणा गर्ने क्रममा मकवानपुरबाट ६ जना पत्रकार पर्न सफल भएका हुन् । केन्द्रीय समितिमा मकवानपुरबाट तत्कालिन चौतारीका रामकुमार एलन, राजन दाहाल, शान्तराम विडारी, शिवकुमार काशी र तत्कालिन प्रेस सेन्टरबाट सुनिल खड्का र नानीमैया विष्ट परेका हुन् ।

प्रेस संगठनले सुनिल खड्कालाई ३ नम्बर प्रदेशको सहसंयोजकको जिम्मेवारी पनि दिएको छ भने रामकुमार एलनलाई प्रतिष्ठानको ईन्चार्जको जिम्मेवार दिईएको छ । जिल्ला विभाजन गर्दा जिल्ला संयोजकमा मकवानपुर तत्कालिन प्रेस चौतारीलाई परेको छ ।
प्रेस संगठन नेपालको २ सय ३५ सदस्यीय केन्द्रीय समितिमा प्रेस चौतारीबाट १ सय २४ र प्रेस सेन्टरबाट ८२ सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*