श्रम स्वीकृति लिन ई–टोकन लागू हुँदै, अब पालो कुर्न नपर्ने

जनपत्र
९ मंसिर २०७६, सोमबार ०७:२६

वैदेशिक रोजगार विभागले आउँदो १५ गतेदेखि ई–टोकन र म्यासेजिङ सेवा सुरु गर्ने भएको छ । ई–टोकनले श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेश गर्नेबित्तिकै श्रम स्वीकृति कुन दिन पाउने भन्ने कुरा थाहा हुने भएकाले लाइन लाग्न नपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुसालले बताउनुभयो ।

आइनलाइनबाटै पुनः श्रम स्वीकृतिका लागि आफूलाई पायक पर्ने श्रम कार्यालय छान्न सकिने पनि उहाँले बताउनुभयो । अनलाइनबाटै फारम भरेर तोकिएको समयमा कार्यालयमा पर्खिरहनुपर्ने पुरानो परम्पराको अन्त्य हुने विभागको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*