‘सीमा बचाऊ अभियान’ले सार्वजनिक गर्‍याे नेपालकाे नक्सा

जनपत्र
९ मंसिर २०७६, सोमबार ०७:२३

नागरिक समाजका तर्फबाट गठन गरिएको ‘सीमा बचाऊ’ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी ‘सीमा बचाऊ’ अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो ।

नक्सा सार्वजनिक गर्दै अभियानका विज्ञ प्रा। डा। नरेन्द्रराज खनालले डिजिटल एलिभेसन मोडेलबाट नक्साको रेखांकन बताउनु भयो । नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रस्ट पारिएको उहाँले जानकारी दिनुभयो । सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जनाउनु भयो ।

नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो । सार्वजनिक गरिएको नक्सा सुगौली सन्धिअनुसारको छ ।’ भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएकाले नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उहाँको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*