राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ अधिबेशन, १० जना निर्विरोध निर्वाचित

जनपत्र
८ मंसिर २०७६, आईतवार ०८:१३

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ अधिबेशन यतिबेला पोखरामा चलिरहेको छ । नयाँ नेतृत्व चयन गर्ने यो महाधिवेशनको वरिष्ठ उपाध्यक्षमा पहिलोपटक महिलालाई वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित गरिएको छ । रिता थापा मगर वरिष्ठ उपाध्यक्ष पदमा चयन भइसकेकी छन् भने उनीसँगै प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँड, महिला उपाध्यक्ष राधिका हमाल निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैगरी महासचिवमा सुबास केसी निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि पनि महासचिवमा नै रहेर कार्यभार सम्हालेका थिए । त्यसैगरी उपमहासचिवमा शिब हमाल र शंकर बिसी, सांगठनिक सचिबमा खुमन अधिकारी, महिला सचिबमा जमुना राना, सहकोषाध्यक्ष ‘महिला’ मा पूर्णकला बिसी निर्विरोध निर्बाचित भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*