मकवानपुरका चार सय जनाले गरे मरणोपरान्त आँखा दान

हेटौंडा । मकवानपुरका ३ सय ९८ जनाले मरणोपरान्त आँखा दान गरेका छन् । “रक्तदान जीवन दान“ “आँखा दान महादान“ भन्ने अभियानसंगै गोल्डेन यातायात प्रा.लि.को आयोजना तथा जन सरोकार केन्द्र, मकवानपुरको सहकार्यमा आज हेटौडामा विभीन्न क्षेत्रका व्यक्तिबाट मरणोपरान्त आँखा दान गर्ने भएका हुन् ।
आँखा दान गर्ने सवैले ईच्छापत्रमा सही समेत गरेका छन् । कार्यक्रममा तीन नंम्बर प्रदेस सभाका सभामुख सानु कुमार श्रेष्ठ मार्फत सामुदायीक आँखा हेटौंडामा एक समारोहका बिच हस्तान्तरण गरिएको छ ।
आँखादान जस्तो महान कार्य गर्न मानिसमा जनचेतना जगाउदै सबैले आँखादान गरी संसार देखाउने जस्तो पुन्य कार्य अरु नभएकोले यस्तो कार्य सबैले गर्न र गराउन सहयोग गर्न कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तीन नम्बर प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा आंखादान संगै ८७ जनाले रक्तदान समेत गरीएको हो । कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जन सरोकार केन्द्र, मकवानपुरका संयोजक ध्रुब प्रसाद चौलागाई, नेपाली कांग्रेस मकवानपुर जिल्लाका प्रचार प्रमुख प्रदिप कोईराला लगायतका अतिथीहरुले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व र कार्यक्रम वारे सुधिर थापाले प्रकाश पार्नु भएको थीयो भने शुभकामना शिव थापाले गर्नु भएको थीयो ।