अरुण तेस्रो जलविद्युत् आयोजनाको काम तीव्र गतिमा

सतलज विद्युत् निगमले जिम्मा लिएको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रगति आशातीत रुपमा अघि बढेको छ । कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको हालसम्म २४ प्रतिशत भौतिक प्रगति भएको र निर्धारित समयमा नै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । पावर समिट, २०१९ मा अरुण तेस्रोको भौतिक प्रगतिको विवरण प्रस्तुत गरिएको थियो ।
आयोजना निर्माणका लागि सतजल विद्युत् निगमले एसजेभीएन अरुण थर्ड पावर डेभलपमेन्ट कम्पनीमार्फत काम गरिरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको पावर समिट, २०१९ को अवसरमा आज सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति राम्रो भएको जानकारी दिए । आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको र सन् २०२३ भित्रै विद्युत् बाल्ने योजनाका साथ काम भइरहेको धिमानको भनाइ थियो । उनले भने, “हालकै गतिमा निर्माण भएको खण्डमा लक्ष्य सहजै भेटाउँछौं । उक्त आयोजना नेपाल र भारत दुवै देशका लागिसमेत महत्वपूर्ण रहेको छ ।