डा. कोइरालाले गरे आन्दोलनरत विद्यार्थीसँग वार्ता, माग पूरा गर्ने आश्वासन

जनपत्र
६ मंसिर २०७६, शुक्रबार ०६:३०

नेपाल मेडिकल काउन्सिलले शुल्कको विषयलाई लिएर आन्दोलनरत विद्यार्थीसँग विहीबार साँझ छलफल गरेको छ ।काउन्सिलका नवनियुक्त अध्यक्ष डाक्टर भगवान कोइरालाले आन्दोलनरत विद्यार्थीसँग दुइ घण्टा वार्ता गर्दै माग पूरा गर्ने आश्वासन दिएका छन् । छलफलमा काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, डा कालुसिंह खत्री र आर्मी मेडिकल कलेज, गण्डकी मेडिकल कलेज , काठमाडौं युनिभर्सिटी, नेशनल मेडिकल कलेज, पाटन मेडिकल कलेजका विद्यार्थी सहभागी थिए ।

छलफलमा काउन्सिलका अध्यक्ष डा कोइरालाले शुल्क फिर्ताका लागि काउन्सिलले पहल गर्ने आश्वासन दिएको स्रोतले बतायो । शुल्क कै विषयमा लामो समयदेखि विवाद हुदा भदौ देखि शुरू हुनुपर्ने एमबीबीएसको नयाँ भर्ना र शैक्षिक कार्यक्रम समेत प्रवाभित भएका छन् । नयाँ शैक्षिक कार्यक्रम नै प्रभावित भएको भन्दै काउन्सिलका अध्यक्ष डा कोइरालाले छिट्टै सबैपक्षसँग वार्ता गरेर शुल्कको विवाद टुंग्याउने बताएको स्रोतको भनाइ छ ।

“शुल्क फिर्ता वा समायोजन कसरी गर्ने भनेर छलफल भयो काउन्सिल का अध्यक्ष डा कोइरालाले विद्यार्थी को गुनासो सुन्नुभयो ।” काउन्सिलले विद्यार्थीहरूलाइ शैक्षिक शत्रको कार्यक्रम प्रभावित हुन नदिन आग्रह पनि गर्यो ।” काउन्सिलसँगको वार्तामा आर्मी मेडिकल कलेजका पीडित विद्यार्थीले कलेजले लिएको बढी शुल्क फिर्ताको पहल गरिदिन आग्रह गरेका थिए ।यस्तै गण्डकी मेडिकल कलेजका विद्यार्थीले शुल्क फिर्ताको पहल गर्न डा कोइरालालाई आग्रह गरेका थिए । काउन्सिलका अध्यक्ष डा कोइरालाले शुल्क फिर्ताका लागि आफूले पहल गर्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*