इजरायलमा नयाँ प्रधानमन्त्री छान्न संसदलाई जिम्मेवारी

जनपत्र
६ मंसिर २०७६, शुक्रबार ०६:२५

निर्वाचनको बहसलाई अन्त्य गर्दै नयाँ प्रधानमन्त्री चयन गर्न इजरायली संसदलाई यहाँका राष्ट्रपति रेउभेन रिभलिनले बिहीबार निर्देशन दिएका छन् । इजरायलमा करिब दुई महिना पहिले (सेप्टेम्बर १७) मा भएको निर्वाचनमा कुनै पनि पक्षले सरकार गठनका लागि आवश्यक प्रष्ट बहुमत ल्याउन नसकेपछि संयुक्त सरकार गठनका लागि अन्तरिम प्रधानमन्त्रीका रूपमा रहेका बेन्जामिन नेतन्याहु र उनका प्रतिस्पर्धी बेनी गान्जका प्रयासहरू सफल हुन नसकिरहेका समय राष्ट्रपतिको उक्त भनाई आएको हो ।
राष्ट्रपतिले संसदबाट नयाँ प्रधानमन्त्री छान्नका लागि बिहीबारदेखि २१ दिनको समयसीमा तोकेका हुन्। संसदीय निर्वाचनमा २५.९५ प्रतिशत मत अर्थात् ३३ सदस्य निर्वाचित भएको इजरायली ब्लु एण्ड ह्वाइट पार्टीका नेता गान्जले गठबन्धन सरकारका लागी आफ्नो प्रयास सफल नभएको बताएको एक दिनपछि राष्ट्रपतिको यो निर्देशन आएको हो ।

निर्वाचनमा २५.१० मतसहित दोस्रो ठूलो दल लिकुड पार्टीका नेता तथा प्रधानमन्त्री नेतन्याहुको संसदमा ३२ सदस्य रहेका छन् । जम्मा १२० सीट भएको इजरायली संसदमा सरकार गठनका लागि बहुमत पुग्न जम्मा ६१ मतको आवश्यक पर्छ । जसका लागि उनीहरू दुबैले कम्तीमा अन्य तीन दललाई विश्वासमा लिनुपर्ने हुन्छ । -एएफपी/  Photo Credit: IANS

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*