बर्दियामा आगलागीबाट ४० लाखको क्षति

जनपत्र
५ मंसिर २०७६, बिहीबार ०६:३२

बुधबार बिहान बर्दियाको मोतीपुरबाँसगढी नगरपालिका वडा नं ५ बाँसगढी बजारको पुण्यप्रसाद बजगाईंको कपडा पसलमा विद्युतको तार सर्ट भई आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ ।

४० लाखभन्दा बढीको कपडा नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । इलाका प्रहरी, स्थानीयवासी सहयोगमा आगलागी नियन्त्रणमा लिएकाले मानवीय क्षति हुनबाट बचाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*