हेटौँडामा पहिलो ‘मिस तामाङ मकवानपुर’ हुने

जनपत्र
४ मंसिर २०७६, बुधबार १४:३४

हेटौँडामा ‘मिस तामाङ मकवानपुर’ प्रतियोगिता हुने भएको छ । आयोजकले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।

मकवानपुर तामाङ समुदायको बाहुल्यता रहेको जिल्ला भएको तर तामाङ भाषा, कला र सस्कृती बिस्तारै लोप हुँदै गएकोले तामाङ समुदायको कला तथा सस्कृतीको बारेमा जनकारी गराउन र संरक्षणमा लाग्न कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक माया घलानले बताउनु भयो । आयोजकका अनुसार मिस तामाङ मकवानपुरको बिभिन्न बिधामा तालिम यही मंसिर ५ गतेदेखि सुरु हुनेछ । सहभागी प्रतिस्पर्धीहरुलाई ओपेरा ईन्फेटेन्मेन्टमा बिभिन्न बिधामा प्रशिक्षण दिने र आफ्नो क्षमता बिकाश गर्ने निक्कै ठुलो अवसर रहेको बिक्रम लुङबाले बताउनु भयो ।

२५ दिन विभिन्न बिधामा तालिम दिइए पश्चात २८ गते फाइनल गरिने आयोजकले जनएको छ । मिस तामाङ मकवानपुरको विजेताले नगद ४० हजारसहित विभिन्न पुरस्कार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार नगदसहित विभिन्न पुरस्कार पाउनेछ । यस्तै अन्य उत्कृष्टलाई समेत पुरस्कारको व्यवस्था गरिएको संयोजक घलानले बताइन् । १६ देखि २३ बर्ष उमेर समूहका तामाङ युवतीले प्रतियोगितामा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*