हिमालय एयरलाइन्सले चीनको गुइयाङ् उडान सुरु गर्‍यो

जनपत्र
४ मंसिर २०७६, बुधबार ०६:३०

हिमालय एयरलाइन्सले चीनको अर्को सहरमा पनि उडान सुरु गरेको छ। गएको कात्तिकदेखि काठमाडौं-बेइजिङ सिधा उडान सुरु गरेको एयरलाइन्सले चीनको दक्षिण पश्चिमी सहर गुइयाङ् मा उडान सुरु गरेको हो। एयरलाइन्सको पहिलो उडान आज बिहान १०स्२५ मा काठमाडौंबाट उडेको थियो। चीनको गुइयाङ् लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १५स्५८ मा अवतरण गरेको एयरलाइन्सले जानकारी दिएको छ।

गुयाङबाट भने उक्त जहाज आजै स्थानीय समयअनुसार १८ बजे फिर्ता भइ काठमाडौंमा १९ बजे अवतरण गरिसकेको छ।चिनियाँ लगानीको एयरलाइन्सले चीनको थप सहरमा उडान विस्तार गरेको हो। ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी जहाजबाट सेवा दिंदै आएको एयरलाइन्सले चीनका चाङसा, नाङचाङ, चोङकिङ, अलि र शेन्जेङ्गमा विस्तार गर्ने योजना बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*