अण्डा उत्पादकको पीडा : ११ रुपैयाँ लागतको अण्डा ६ रुपैयाँमा विक्री

जनपत्र
४ मंसिर २०७६, बुधबार ०६:२६

चितवनका किसान लागत मूल्यभन्दा झण्डै आधा मूल्यमा अण्डा बेच्न बाध्य छन् । दानाको मूल्य निरन्तर उकालो र अण्डाको मूल्य ओरालो लाग्दै गएकाले लागत मूल्यभन्दा सस्तोमा अण्डा बेच्नुपरेको हो ।

सस्तोमा अण्डा बेचेर दाना खरीद गर्नुपर्ने अवस्था रहेको किसान बताउँछन् । ‘अहिले दानाको प्रतिकेजी मूल्य ६० रुपैयाँसम्म छ । एउटा कुखुराले दैनिक ११० ग्राम दाना खान्छ,’ विगत २५ वर्षदेखि कुखुरापालन गर्दै आएका ज्यामिरेका अर्जुन अर्यालले भने, ‘यस क्षेत्रमा कुखुरापालनमा ८० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । बैंक र किसानको लगानी सुरक्षित गर्न पनि राज्यले नियमन गर्नुपर्छ ।’ अण्डाको मूल्य निरन्तर घट्दा व्यवसाय नै धरापमा परेको उनी बताउँछन् ।

पाँच वर्षअघि प्रतिक्रेट ३६० रुपैयाँमा बेचिएको अण्डाको मूल्य अहिले प्रतिक्रेट २२० रुपैयाँ छ । नेपाल अण्डा उत्पादक संघले ठूलो अण्डाको प्रतिक्रेट ९फर्म मूल्य० रू। २७५ र मझौला प्रतिक्रेट रू। २४५ निर्धारण गरे पनि व्यवहारमा लागू नभएको किसानको गुनासो छ । अघिल्लो वर्ष प्रतिकेजी ३९ रुपैयाँमा पाइने दानाको मूल्य अहिले प्रतिकेजी ६० रुपैयाँ तिर्नुपर्छ ।

संघका निवर्तमान महासचिव मदन पोख्रेल हाल प्रतिगोटा अण्डामा ११ रुपैयाँ लगानी परेको र ६ रुपैयाँमा प्रतिगोटा बेच्नुपरेको बताउँछन् । दाना तथा फर्ममा प्रयोग हुने औषधि लगायत वस्तुको मूल्यमा भएको वृद्धिले लागत मूल्य बढेको र अस्वस्थ प्रतिस्पर्धाका कारण विक्री मूल्य घटेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*