पेट्रोलियम पदार्थको खोजी भैरहेको ठाउँमा उच्छृङ्खल गतिविधि, सहयोग गर्न प्रशासनको आग्रह !
दैलेखका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने काममा उच्छृङ्खल गतिविधि भएका छन् । चिनियाँ प्राविधिक टोलीले दैलेखको श्रीस्थान, नाभीस्थान, धुलेश्वर र पादुका क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि जमिन खन्ने, चिनो लगाउनेलगायतका काम गरिरहेको छ । तर प्राविधिकले खनेका १० देखि १२ मिटर गहिरा खाल्डा पुर्ने, ढुंगा भर्ने, चिन्ह मेटाइदिनेलगायतका उच्छृङ्खल काम भैरहेका छन् । चिनियाँ प्राविधिकलाई पेट्रोलियम पदार्थको अन्वेषणमा अफ्ठेरो पर्ने भएकाले उच्छृङ्खल काम नगरिदिन जिल्ला प्रशासन कार्यालय दैलेखले अनुरोध गरेको छ ।