नेपाल लाइफले तिर्यो सबैभन्दा बढी आयकर
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र७६ मा बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आइतवार आयोजित कार्यक्रममा बढी आयकर दाखिला गरेबापत कम्पनी आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ ।
५ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले ७८ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको जीवन बीमा कोषमा ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोषमा ८ अर्ब ५७ करोडभन्दा बढी छ । देशभर १९४ शाखा तथा उप–शाखाका साथ सञ्चालित कम्पनीबाट हालसम्म २६ लाख ६९ हजार ८८६ जना बीमित भइसकेका छन् ।