यसकारण आउँछ आँखामा आँसु

जनपत्र
२ मंसिर २०७६, सोमबार ०६:०७

आँखामा आइलिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ । र, आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ । ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट आपूर्ति हुन्छ । आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ ।

यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ । त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्छ ।

(आँसुमा हुने पदार्थ जस्तै– नुन, तेलको ब्यालेन्स नमिल्दा पनि आँखाबाट अनावश्यक पानी बग्ने गर्छ । जसका कारण हाम्रो आँखा सुक्खा हुने समस्या पनि हुन्छ ।  (विशेषगरी, जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ । यसो हुँदा पनि आँखा सुक्खा हुँदै जान्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*