एलन मस्कले ल्याए नाैलाे चिप, स्मार्ट फोनबाटै कन्ट्रोल गर्न सकिन्छ मानिसको दिमाग !

जनपत्र
१ मंसिर २०७६, आईतवार ०७:१९

टेस्ला कम्पनीका सिइओ तथा स्पेस–एक्सका संस्थापक एलन मस्कको अर्को कम्पनी न्युरोलिंकले मानिसको दिमागलाई पढाउने र बिरामी भएका वेला नियन्त्रित गर्न सक्ने चिप सार्वजनिक गरेको छ । फ्लेक्जिबल चिप सार्वजनिक गर्दै एलन मस्कले यो चिपले कसरी काम गर्छ भन्ने जानकारी दिए । उनले सार्वजनिक गरेको चिपलाई मानिसको दिमागमा जोड्न सकिन्छ ।

एलनका अनुसार यो चिपको मद्दतले मानिसकको श्रवणशक्ति बढाउन सकिन्छ । यसको प्रयोगले ब्रेन स्ट्रोक या अन्य न्युरोलोजिकल ९स्नायु तथा नसासम्बन्धी० रोगका बिरामीलाई नियन्त्रण र निर्देशन सकिन्छ । उनका अनुसार, अहिलेसम्म यसको परीक्षण बाँदर र मुसामा गरिसकिएको छ, र प्रयोग पूर्ण रुपमा सफल भएको छ । एलनले सार्वजिक गरेको चिप धेरै सानो छ, तर यो १,००० भन्दा बढी तारहरुले बनेको छ । चिपमा भएका तारको चौडाइ मानिसको कपालभन्दा सय गुणा कम छ ।

न्युरोलिंकले यो चिप बनाउन २ वर्षभन्दा धेरै समय लगाएको थियो । धेरै नै सानो भएकाले यो चिप रोबोटद्वारा मानिसको दिमागभित्र सजिलै इन्स्टल गर्न सकिन्छ । सर्जनले टाउकोमा केवल २ मिलीमिटर चिरेर रोबोटमार्फत चिप दिमागसम्म पुर्याएर इन्स्टल गर्न सकिने एलनले बतएका छन् । चिपको मद्दतले मानिसको दिमागी अवस्था मात्र नभई उसको व्यवहारमा आउने उतारचढाबारे समेत जान्न सकिन्छ । न्युरोलिंकका वैज्ञानिकले बताएअनुसार सबै परीक्षण पूरा गरी २०२० को सुरुवातमै मानिसको दिमागमा यसको परिक्षणका लागि मन्जुरी लिइनेछ ।

चिपलाई डिभाइससँग जोडिन्छ । डिभाइसलाई मानिसको कानको पछाडिको भागमा फिट गर्न सकिन्छ । डिभाइसले वायरलेस कनेक्सनको माध्यमबाट दिमागमा भएको जानकारी सिधै स्मार्टफोन वा कम्प्युटरमा पठाउँछ । अमेरिकी मिडियाका अनुसार, एलन मस्कले स्टार्टअप कम्पनी न्युरोलिंकमा १० करोड डलर लगानी गरेका छन । उक्त कम्पनी अमेरिकाको सन फ्रान्सिस्कोमा छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*