‘सीमामा नेपालको झण्डा फहराउने क्रममा एसएसबीका एक जवान घाइते’

इलामको सन्दकपुरस्थित सीमानामा अनेरास्ववियुले नेपालको झण्डा फहराएको छ । भारतले अतिक्रमण गरेको भूभागमा नेपालको झण्डा फहराएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुका अनुसार, सन्दकपुर गाउँपालिका–४, स्थित सीमा क्षेत्रमा झण्डा फहराइएको हो।
भारतले अतिक्रमण गरेको क्षेत्रमा अनेरास्ववियु इलामले झण्डा फहराउने क्रममा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ सँग सामान्य झडप समेत भएको थियो । झडपका क्रममा एसएसबीका एक जना घाइते भएको अनेरास्ववियुले दावी गरेको छ। नाराबाजी सहित उक्त टोली त्यहाँ पुगेको थियो ।