चार वर्षदेखि एक अर्ब २९ करोड विद्युत् महसुल नतिर्ने हेटौंडाको शिवम शिमेन्टको लाईन किन काटिएन ?
हेटौँडा । हेटौँडामा रहेको शिवम् सिमेन्ट उद्योगमाथि विगत चार वर्षदेखि बक्यौता रहेको एक अर्ब २९ करोड विद्युत् महसुल तिर्न बाँकी छ । बिधुतको महसुल तिर्न छाडेर उल्टै प्राधिकरण विरुद्ध अदालतमा मुद्धा दायर गरेको प्राधिकरणले अझैपनि विधुत महसुल तिरेको छैन ।
एक अर्व २९ करोड रुपैयाँ बिधुत महसुल नतिर्ने शिवम शिमेन्ट उद्योगको भने अहिले सम्म नेपाल विधुत प्राधिकरण हेटौंडाले लाइन काटेको छैन । ठुला उद्योगी भएकै कारण लाइन नकाटेर प्राधिकरणका कर्मचारी रमिते वनेर वसेका छन् ।
प्राधिकरणका प्रमुख र केही कर्मचारी समेतको मिलेमहतोमा शिवम शिमेन्ट उद्योगको विधुत लाइन नकाटिएको हो । अदालतले विधुत महसुल तिर्नका लागि आदेश दिएपनि त्यो रकम अझैपनि बुझाइएको छैन । यता प्राधिकरणका कर्मचारी पनि लाइन काट्न आनाकानी गरेर वसेका छन् ।
शिवमलाई छिटोभन्दा छिटो बक्यौता महसुल बुझाउन पत्र पनि उद्योगमा पठाएको प्रमुख योगन्द्र ठाकुरले वताउनुभयो । तर, अरव रुपैयाँ भन्दा वढी रकम नतिर्ने शिवमको विधुत लाइन काट्न प्राधिकरणले ध्यान दिएको छैन । डेडिकेटेड विद्युत्लाइन लिएबापत सो उद्योगलाई उक्त रकम तिर्नुपरेको कार्यालय प्रमुख ठाकुरको भनाइ छ ।
विद्युत् शुल्क बुझाउनका लागि काउन्टरको विस्तार तथा इ–बिलिङ मार्फत समेत विद्युत् महसुल बुझाउने व्यवस्था गरिएको छ ।
साथै, ग्रामीण विद्युतीकरणलगायत विद्युत विस्तारको कार्य र काठे पोल हटाउनेसमेत कार्य भइरहेको केन्द्रले जनाएको छ ।
ठुलालाई चैन सानालाई ऐन भनेजस्तो हेटौंडाका साना २० वटा उद्योगको विधुतलाइन भने प्राधिकरणले काटिदिएको छ । लामो समयदेखि विद्युत् महसुल नतिर्ने हेटौँडामा सञ्चालित २० वटा उद्योगको विद्युत्लाइन काटी कारवाहीप्रक्रिया अगाडि बढाइएको छ ।
नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले पटकपटक ताकेता गर्दासमेत महसुल नबुझाएपछि विद्युत्लाइन काटेर कारवाही गरिएको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए । ती उद्योगमा एक लाखदेखि दुई लाखसम्म बक्यौता रहेकोले लाइन काटिएको र ती उद्योगमा कूल २२ लाख राजश्व लिनुपर्ने प्रमुखले भने ।
हेटौँडामा करिब ६० हजार विद्युत् मिटर लिने ग्राहक रहेको र उनीहरुले मासिक १७ करोड शुल्क केन्द्रलाई बुझाउने गरेको बताइएको छ । साथै बक्यौता रकम नतिर्ने औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई कालोसूचीमा राखी महसुल असुल गरिएको छ ।







