श्रीमान्‌लाई वैदेशिक राेजगारीमा पठाएपछि साैतामाथि धारिलाे हतियार प्रहार

जनपत्र
२८ कार्तिक २०७६, बिहीबार ०६:२६

सर्लाहीको चक्रघट्टा गाउँमा एक महिलाले धारिलो हतियार प्रहार गरी सौताको हत्या गरेकी छन्। चक्रघट्टा –४ का शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया खुर्सिदा खातुनको हत्या गरेकी हुन् । मंगलबार साँझ कोरैसाले खुर्सिदाको हत्या गरेकी हुन् । प्रहरीले उनले खुर्सिदाको शव टुक्रा टुक्रा पारेर छाडेको बताएको छ । झोलामा हालेर शव फाल्न लागेको अवस्थामा प्रहरीले कोरैसालाई पक्राउ गरेको हो ।

घरभित्र आवाज आएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको टोलीले कोरैसालाई पक्राउ गरेको थियो । प्रहरी आएको थाहा पाएपछि उनी घरको छतबाट हाम्फालेर भाग्न खोजेकी थिइन् । स्थानीय बासिन्दाका अनुसार कोरैसा र खुर्सिदाबीच पटक–पटक झगडा हुने गरेको थियो । शेखले तीन महिना अघि मात्र खुर्सिदालाई दोस्रो पत्नीको रुपमा विवाह गरेका थिए । उनी केही दिनअघि मात्र वैदेशिक रोजगारीमा गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*