कोरियामा सुँगुरको रगतले खोला नै रातो !

जनपत्र
२८ कार्तिक २०७६, बिहीबार ०६:१६

उत्तर र दक्षिण कोरियाको बीचमा भएको एक नदी सुँगुरको रगतले पुरै रातो भएको छ । देशमा अफ्रिकन स्वाइन फिवर फैलिने खतरा पैदा भएका कारण दक्षिण कोरियाको प्रशासनले यसलाई फैलन नदिनका लागि ४७ हजार सुँगुर मार्ने आदेश दिएको थियो ।

तर, भारी वर्षा भएका कारण मारिएका सुँगुर डम्पिङ्ग गरिएको क्षेत्रबाट रगत बगेर नजिकको इमजिन नदीमा मिसिएको थियो । अप्रिकन स्वाइन फिबर ज्यादै संक्रामक र उपचार नै हुन नसक्ने रोगका रुपमा लिइन्छ । यसबाट संक्रमित सुँगुर बच्ने सम्भावना नहुने जनाइएको छ । यद्यपि मानिसलाई यसको खतरा नभएको बताइएको छ । स्थानीय अधिकारीहरुले बगेको रगतले अन्य जनावरलाई समेत खतरा हुन सक्ने कुरा अस्वीकार गरेका छन् ।

गएको हप्ताको अन्त्यमा सुँगुरलाई मारिएको थियो । मारिएका सुँगुरलाई तत्कालै नपुरिएका कारण यो समश्या भएको जनाइएको छ । दक्षिण कोरियामा अफ्रिकी सुँगुरको मामिला पहिलो पटक १७ सेप्टेम्बरको दिन देखिएको थियो ।

अहिले सम्म १३ वटा संक्रमण देखिएका थिए । दक्षिण कोरियामा ६ हजार ७ सय वटा सुँगुर फार्म रहेका छन् । सुँगुरलाई हुने यो रोगबाट चीन,भियतनाम र फिलिपिन्सपनि प्रभावित भएका छन् । चीनमा मात्रै यो कारणले गर्दा १२ लाख सुँगुर मारिएका छन् । ९बीबीसी०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*