प्रदेश–३ मा माछा पालन कार्यक्रम, १३ जिल्लामा ३ करोड वजेट

हरि हुमागाईं
२६ कार्तिक २०७६, मंगलवार ०८:१६

हेटौंडा । प्रदेश नम्बर–३ सरकारले १३ वटा जिल्लामा माछा पालनलाई प्रर्वदन गर्ने कार्यक्रम ल्याएको छ । माछा पालक किसानलाई प्रवर्दन गर्ने उदेस्यले प्रदेशका १३ वटै जिल्लामा यो कार्यक्रम ल्याइएको हो । प्रदेशको भूमि व्यावस्था, कृषि, तथा सहकारी मन्त्रालयले ताल, तलैयाँ निर्माण तथा सम्बद्र्धन गरी मत्स्य उत्पादन प्रर्बद्र्धन कार्यक्र गर्न लागेको हो । यो कार्यक्रमले माछा पालन गर्ने किसानलाई सबै भन्दा वढी फाइदा पुग्ने मन्त्रालयका कर्मचारीहरु वताउँछन् ।

माछा प्रवद्र्धन कार्यक्रममा ३ करोड २५ लाख वजेट

प्रदेशको भूमि व्यावस्था, कृषि, तथा सहकारी मन्त्रालयलले माछा प्रबद्र्धन कार्यक्रमका लागि चालु आर्थिक वर्षमा मात्र ३ करोड २५ लाख रुपैयाँ वजेट छुट्याएको छ । यो वजेटले माछा प्रबद्र्धन कार्यक्रम १३ वटै जिल्लामा गरिने भएको हो ।

माछा पालनको क्षेत्रमा प्रदेश सरकारले विशेष जोड दिइएको प्रदेशकोे भूमि व्यावस्था, कृषि, तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिनुभयो । पछील्लो समय किसानहरु माछा पालनको क्षेत्रमा जोड दिइरहेको वेलामा प्रदेशको यो कार्यक्रमले सबै किसान खुसी हुने देखिएको छ ।

चितवनमा माछा पालन धेरै

पूवी चितवनको रापती र खैरेनीमा २ सय विगाहा क्षेत्रफल जमिनमा माछा पानका लागि काम गर्न सुरु गर्न लागिएको छ । धेरै जमिन ओगटेर एकैपटक धेरै लगानीमा माछा पालनको काम सुरु गर्न लागिएको मन्त्री लामाले वताउनुभयो । प्रदेश सरकारले माछा पोखरी खन्न, माछा पालनको क्षेत्रमा प्रविधिको प्रयोग गर्नका लागि थप सहयोग गर्ने मन्त्री लामाले जानकारी दिनुभयो । चितवनभरी अहिले १३ सय ६५ विगाहा क्षेत्रफल जमिनमा माछा पालन भईरहेको छ । माछा पालनबाट धेरै किसान लाभान्वीत समेत भएका छन् ।

प्रदेश ३ का दश जिल्लामा १३ वटा शीत भण्डार निर्माण गरिदै

प्रदेश नम्बर ३ सरकारले काठमाण्डौ उपत्यका भन्दा बाहेकका प्रदेशका जिल्लामा फलफूल तथा तरकारी भण्डारणका लागि शीत भण्डार निर्माण गर्ने भएको छ । प्रदेशका केही जिल्लामा शीत भण्डार निर्माणको काम सुरु भएको छ । यता मकवानपुरको थाहा नगरमा भने शीत भण्डार निर्माणको काम सक्न लागिएको छ ।

विशेषगरी किसानका उत्पादनहरुलाई भण्डार गरेर राख्न सहज होस भन्ने उदेश्यले फलफूल तथा तरकारी भण्डारणका लागि साझेदारीमा शीत भण्डार निर्माणको कामलाई प्रदेश सरकारले ठुलो रकम खर्च गरेर काम गर्न लागेको हो । गतवर्षबाट सुरु गरेको यो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा भने झनै प्राथमिकता दिइएको छ । प्रदेशका उपत्यका भन्दा बाहेकका जिल्लामा निर्माण गरिने शीत भण्डारले लाखौ किसानलाई राहत पुग्ने विस्वार सरकारले गरेको छ ।

प्रदेश नम्बर ३ को भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष १० वटै जिल्लामा डीपीआर निर्माण गरेर चालु आर्थिक वर्षमा निर्माण गर्नका लागि ४५ करोड रुपैयाँ वजेट छुट्याएर काम गर्न सुरु गरेको हो । प्रदेशको उपत्यका भन्दा बाहेकका १० जिल्लामा शित भण्डार निर्माण गर्ने योजना वनाएको प्रदेश सरकारले पाँच जिल्लामा भने कामनै सुरु भएको प्रदेश नम्बर ३ को भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले वताउनुभयो । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा भने शीत भण्डार निर्माणका लागि माग नभएकाले चालु आर्थिक वर्षमा निर्माण गर्न नसकिने वताइएको छ ।

प्रदेश सरकारले चितवन, रसुवा, दोलखा, सिंधुलीमा शीत भण्डार निर्माण गर्ने काम सुरु भएको वताउँदै मन्त्री लामाले भन्नुभयो–‘मकवानपुरको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको शीत भण्डार निर्माणको काम सकिन लागिएको छ । अव यस वर्ष वजेट छुट्याएर गर्न लागिएका जिल्लामा पनि काम सुरु गर्न लागिएको छ ।’

शीत भण्डार निर्माणको काम भने प्रदेशका उपत्यका भन्दा बाहेकका जिल्लामा हरेक जिल्लामा एक एक वटा निर्माण गरिएपनि दोलखा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा भने दुई– दुईवटा निर्माण गर्ने मन्त्री लामाले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*