गाडी र घरका सिसा तोडफोडमा संलग्न दुई पक्राउ

जनपत्र
२६ कार्तिक २०७६, मंगलवार ०६:३१

पार्किङ गरी राखिएको सवारी साधन तथा घरको सिसा तोडफोड गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–११ प्रगति चोक बस्ने रामेछाप रामपुर नगरपालिका–५ घर भएका २० वर्षीय प्रकाश तामाङ र सोही ठाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका–११ का २० वर्षीय निमा शेर्पा रहेका छन् ।

काठमाडौँ महानगरपालिका–६ सरस्वती नगरदेखि बूढानीलकण्ठ नगरपालिका–११ कपन पयौंँटारसम्म पार्किङ गरी राखेका सवारी साधन र सोही क्षेत्रमा रहेको घरका सिसा तोडफोड गर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए। उनीहरुलाई आजै अहिले महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*