आलम प्रकरणमा नयाँ टि्वस्ट: सरकारी साक्षीले बमलेे हाेइन स्टाेभ पड्किएर घाइते भएकाे हुँ भनेपछि…

जनपत्र
२६ कार्तिक २०७६, मंगलवार ०६:२४

कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलम बिरुद्ध बयान दिने भनिएका गौरीशंकर राम चमारले घटनाको विषयमा थाहा नभएको भन्दै सोमबार अदालत पुगेका छन् । थुनछेक बहस चलिरहेको बेला आलम पक्षका वकिलसँग अदालत पुगेका चमारलाई प्रहरीले पक्राउ गरेको छ ।

चमार राजपुरमा भएको बम बिष्फोटमा घाइते भएको सरकारी साक्षी हुन् । उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन् । भारतको बिहार राज्य, सितामढी जिल्ला, बैरगनिया मुसा चौक घर भएका गौरीशंकर आलमविरुद्धको मुद्दाका जाहेरीकर्ता समेत हुन् । प्रहरीले शारीरिक तथा मानसिक यातना दिएर बयान लिएको र आफ्नो छातीका लागेका बमका छर्रा नभई भान्सामा काम गर्नेक्रममा स्टोभ पड्किएर घाइते भएको गौरीशंकरको जिकिर छ । यो मुद्दामा उनीसहित छ जना वादी छन् ।

२०६४ चैत २७ गते अफताब आलमका काकाको शेख इद्रिसको घरमा भएको विस्फोटमा घाइते भएपछि इट्टा भट्टामा हत्या भएको भनिएका मध्येका एक ओसी अख्तरकी श्रीमती अमना खातुन पनि बयान फेर्न चाहेको निवेदनसहित शुक्रबार नै अदालत पुगेकी थिइन् । खातुनले आफ्ना श्रीमान् ओसी अख्तरको विस्फोटबाट मृत्यु नभएको, वैदेशिक रोजगारीमा गएको र रोजगारीबाट नफर्किएको दाबी गरेकी छन् । अदालतले भने दुबै निवेदन दर्ता गरेन ।

आलममाथि संविधानसभाको पहिलो निर्वाचन हुँदा आफ्नो घरमा बम बनाइरहँदा विस्फोट भएको र विस्फोटमा घाइते भएकाहरुलाई जिउँदो जलाएको आरोप लागेको छ । उनलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*