विप्लवका १६ जना कार्यकर्ता पक्राउ

जनपत्र
२४ कार्तिक २०७६, आईतवार ०६:३४

नेपाल सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । बझाङ र बाजुराको सिमानामा रहेको गौमुल गाउँपालिकामा चन्दा संकलन, संगठन विस्तार गरिरहेको सूचनाका आधारमा कार्तिक २२ गते इलाका प्रहरी चौकी घटमुनाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उद्धबसिंह भाटले बताए ।

गौमुल गाउँपालिका–३ माझपालीबाट शुक्रबार दिउसो रोल्पा जिल्ला गंगादेब गाउँपालिका–३ जिनावाङ घर भएका विप्लवका केन्द्रीय सदस्य चुडामणि ओली सहित १६ जनालाई रहेको प्रहरी नायव उपरीक्षक भाटले जानकारी दिए । यस्तै बाजुराको त्रिबेणी नगरपालिका–२ छतारा बस्ने ३५ वर्षीय डम्मर सुनार, अछाम जिल्लाको ढकारी गाउँपालिका–२ बस्ने २४ वर्षीय नरेश शाही, कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने २८ वर्षीय दीपक प्रकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक भाटले बताए ।

यस्तै बाजुराको हिमाली गाउँपालिका–१ बस्ने २२ वर्षीय अमलाल थापा, सोही ठाउँमा बस्ने २२ वर्षीय धर्मबहादुर थापा, अछाम बिनायक नगरपालिका–८ बस्ने २२ वर्षीय उदय कसेरा पक्राउ परेको प्रहरीले जनाएको छ । यस्तै पक्राउ पर्नेमा अछामको ढकारी गाउँपालिका–२ बस्ने २६ वर्षीय राजेश कुमार शाही, सोही गाउँपालिका–७ बस्ने २१ वर्षीय डबल बहादुर नेपाली, तुर्माखाद गाउँपालिका–८ बस्ने १९ वर्षीय कृष्ण बिक छन् ।

बाजुरा हिमाली हिमाली गाउँपालिका–१ बस्ने २६ वर्षीय धरमसिंह बोहरा, स्वामीकार्तिक गाउँपालिका–१ बस्ने १९ वर्षीय कुस्मा बिक सोही गाउँपालिका–१ बस्ने १९ वर्षीया अस्मिता बिक सोही ठाउँ बस्ने १९ वर्षीया सुस्मिता बिकलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै अछाम ढकारी गाउँपालिका–२ बस्ने १९ वर्षीया कमला बिक र अछाम मष्टा गाउँपालिका–१ बस्ने १९ की सृष्टी सिंह पनि पक्राउ परेका छन् । पक्राउ परेका नेता कार्यकताबाट प्रेसर कुकर बम एक थान, विस्पोटक पदार्थ, ३३ ईलेक्ट्रोनिक डेटोनेटर आठ थान, बिजुलीको तार, पलास, मोबाइलहरु, नेकपा विप्लव पार्टीको दस्ताबेज पाना टिपो, क्रान्तिकारी जीवनको यात्रा, महापतन, सैन्य तालिम, दार्शनिक, वैज्ञानिक समाजवाद, कार्णाली जनबिचार, रातो चल्लो, सनराईज, जनमुखी सेवा समाज नामल किताब, सोलार पाता, ३० हजार आठ सय ६० रुपैयाँ बरामद गरिएको प्रहरी प्रमुख भाटले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*