रातको समयमा लिइएको आकाशको एक्स–रे तस्बिर यस्तो अनौठो देखियो

अन्तर्राष्ट्रिय अन्तरिक्ष विभाग, नासाले हालै सार्वजानिक गरेको एउटा अनौठो तस्बिर पहिलोपटकमा कुनै ट्राफिकमा फसेका सवारीहरु जस्तो देखिन्छन् तर वास्तवमा त्यो रातिको समयमा लिइएको सम्पूर्ण आकाशको एक्स–रे तस्बिर हो । यसरी ‘इन्टरनेस्नल स्पेस स्टेसन’ बाट ब्रह्माण्डका विभिन्न श्रोतहरु निरीक्षण गर्ने ‘न्युट्रोन स्टार इन्टेरियर कम्पोजिसन एक्सप्लोरर’ नाइसरले सो तस्बिर लिएको हो ।
नाइसर प्रत्येक ९३ मिनेटमा पृथ्वी वरपर घुम्ने गर्दछ र रातिको समयमा श्रोतहरु ट्रयाक गर्ने गरेको छ । यसरी उक्त तस्बिर नाइसरको २२ महिनाको उपलब्धि हो । महिनौँसम्म रातिराति गरिएको निगरानी र डाटा संकलनपछि नै सो तस्बिर प्राप्त गर्न सफल भएको नासाको भनाइ छ । तस्बिरमा देखिएका आर्क ९आधा गोलाइ० ले एक्स–रे लाई पछ्याउँदै ऊर्जायुक्त पार्टिकल सँग टक्राएको छ । यसरी सबैभन्दा बढी यात्रा गरिएको मार्ग अधिक चम्किलो देखिन्छ र सो पथमा नै स्पष्ट आर्क बनेको छ ।
नाइसरको अर्को उद्देश्य भनेको ‘न्युट्रोन स्टार’ हरुको आकार सुनिश्चित गर्नु हो । त्यस्तै यसले पल्सर एक्स–रे को अध्ययन गरि तिनको गति र पोजिसन पनि पत्ता लगाउन सक्छ र ठूलो जिपिएस प्रणाली जसरी काम गर्ने गरेको नासाको भनाइ छ । त्यसैले यो अनुसन्धानपछि उक्त प्रविधि भविष्यमा अन्तरिक्ष यात्रामा गएका वैज्ञानिकहरु र यानलाई निर्धारित दिशा प्रदान गर्न मद्दत गर्न सक्ने बताइएको छ ।
२०१७ मा मात्र पहिलोपटक दुईवटा न्युट्रोन स्टार एकआपसमा टक्राइरहेको बारे जानकारी हासिल गरिएको थियो । न्युट्रोन स्टार ब्रह्माण्डका सबैभन्दा साना तारा हुन् जसको डाएमिटर सिकागो शहरको क्षेत्रफल समान हुन्छ तर तिनीहरु भित्र हाम्रो सूर्य भन्दा धेरै तत्व हुने गर्दछन् । यस्तोमा हामीले सूर्यलाई एउटा शहर जत्रो आकारमा संकुचित गरिँदाको कल्पना गर्न सक्छौँ । सीएनएन