नेपाल ‘आतंकवादीको हब’ भएको भन्दै भारतीय मिडियामा प्रचार !

रतीय मिडियाहरुमा अमेरिकाद्वारा हालै जारी गरिएको प्रतिवेदनलाई आधार मान्दै नेपाल आतंकवादीको हब भएको भन्ने प्रचार हुन थालेको छ । द टाइम्स अफ इन्डियामा अमेरिकाबाट पठाइएको समाचारमा ‘नेपाल इन्डियन मुजाहिद्धिनको लागि अहिले सबैभन्दा ठूलो हबः अमेरिकी विदेश मन्त्रालय’ शीर्षकमा समाचार दिइएको छ ।
समाचारमा ती आतंकवादी समूह पाकिस्तानमा आधारित लस्कर ए तोइबा, जैस ए मोहम्मद र हरकत उल जिहाद इश्लामी रहेको र उनलीहरुले भारतविरुद्ध गतिविधि गरेको आरोप लगाइएको छ । अमेरिकाले हालै सार्वजनिक गरेको आतंकवाद सम्बन्धी रिपोर्ट २०१८मा सो कुरा उल्लेख गरिएको छ । सो रिपोर्ट हालै निकालिएको भएपनि एक वर्ष अघिको घटनाक्रमका आधारमा निकालिएको हो । अमेरिकाले ती समूहहरुलाई सन् २०११ देखि विदेशी आतंककारी संगठनको सूचीमा राखेको पनि टाइम्स अफ इण्डियाले जनाएको छ ।
यसैगरी नेपाल सरकारले भारतीय नक्सा अस्वीकार गर्दै जारी गरेको वक्तव्यले पनि आजका भारतीय मिडियामा प्राथमिकता पाएको पाइएको छ ।