मकवानपुरका निर्माण व्यावसायीको गुनासोः उपभोक्ता समितिका कारण काम पाउन समस्या

हेटौंडा । विकास निर्माणका काम उपभोक्ता समितिका माध्यमले गर्दा निर्माण व्यावसायीहरु मारमा परेको गुनासो गरेका छन् । अनी साना कम्पनिले काम पाउन समस्या समेत भएको छ । निर्माण व्यावसायी संघ मकवानपुरको २२ औ वार्षिक साभारण सभाका अवसरमा सहभागि निर्माण व्यावसायी तथा वक्ताहरुले एक करोड सम्मको काम उपभोक्ता समितिका माध्यमले सरकारले गर्दा आफुहरु मारमा परेको उनीहरुले गुनासो गरेका हुन् ।
सरकारी रकमबाट घटाघटमा आफुहरुले काम गर्ने तर, उपभोक्ता समितिले कुनै पनि रकम नघटाइकन काम गर्दा पनि तीनै तहका सरकारले उपभोक्ता समितिलाई विकासका काम गर्दा प्रोत्साहित गरेको वताएका हुन् ।
कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता तथा काग्रेश मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, प्रदेशसभाका सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल, अर्का प्रदेश सभाका सदस्य सन्तराम चेपाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेपाली काग्रेश मकवानपुरका उपसभापति विष्णु कुमार लामिछाने, नारायणी यातायात व्यावसायी संघ हेटौंडाका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ठ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
संघका अध्यक्ष श्याम सुन्दर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका विभीन्न संघसंस्था, निजी तथा सरकारी निकायका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो । निर्माण व्यावसायी संघ मकवानपुरमा ५ सय २९ जना सदस्य आवद्ध छन् । त्यस मध्यमा क वर्गको १० जना, ख वर्गको नौ जना ग वर्गको ३४ जना र घ वर्गको ४ सय ७६ सदस्य आवद्ध छन् ।