जेलमा नि:शुल्क खान, बस्न पाइने भएकोले पटक पटक चोरी

जनपत्र
२२ कार्तिक २०७६, शुक्रबार ०६:२२

रुकुम पश्चिमका एक युवाले जेलभित्र निस्शुल्क खान, बस्न पाइने भएकाले रहरले चोरी गर्ने गरेको प्रहरी समक्ष बताएका छ्न् । मुसीकोट नगरपालिका-१, खलंगाको त्रिवेणी चोकमा रहेको एउटा मोबाइल पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका मुसीकोट नगरपालिका-२, रातामाटाका २० वर्षीय राजु परियारले जेलमा कामै नगरी खान, बस्न र दिनरात बिताउन पाइने भएकोले चोरी गर्ने गरेको प्रहरी बयान प्रहरीलाई दिएका छन ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार परियारले कार्तिक १६ गते राति समयमा त्रिवेणी गाउँपालिका(५ का निर्मल विकको मोबाइल पसलमा चोरी गरेका थिए । परियारलाई मुसीकोट नगरपालिका-१, खलंगाबाटै पक्राउ गरिएको र उनको साथबाट ३ तीन थान मोबाइल, ३ थान मोबाइलको ब्याट्री र चार हजार तीन सय ८० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा परियारले यस अघि पनि चोरीको मुद्दामा कैद भुक्तान गरिसकेको र जेलमा निस्शुल्क खान र बस्न पाइने भएले फेरि चोरी गरेको खुलेको डीएसपी खड्काले बताउनुभयो । परियारले यसअघि २०७३ कार्तिक २३ गते मुसीकोट(१, खलंगाको एक घरमा चोरी गरेको मुद्दामा तीन वर्ष कैद भुक्तान गरेको प्रहरीको भनाइ छ । उनीमाथि चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*