भारतले स्वीकार्यो काली नदीको यथार्थ: कालापानी र लिपुलेक भारतकै नक्सामा

भारतले नयाँ नक्सामार्फत काली नदीको ऐतिहासिकता स्वीकार गरेको छ । उसले सन् १८५० आसपासदेखि कृत्रिम नदी खडा गरी कालापानी र लिपुलेक कब्जा गर्ने रणनीति अपनाएको थियो । त्यसपछि भारतीय नक्सामा नदी लुकाइएको थियो । भारतले त्यसलाई पुनःस्थापित गरेको छ
यो नक्साका कारण भारतले कब्जा गरेको नेपाली भूभागको सम्बन्धमा वार्ता गर्न बाटो खुलेको छ । यो नक्सा नेपालका लागि महत्वपूर्ण रहेको नापी विभागका पूर्वउपमहानिर्देशक सुरशमान श्रेष्ठ बताउँछन् । भारतले नेपालका कालापानी, लिपुलेक भने आफ्नो नक्सामा राख्न छाडेको छैन । उसले ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको हो ।
भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नकसामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो बनाएको हो । भारतले जम्मु कश्मीर र लदाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको छ । पाकिस्तान प्रशासित कश्मीर ९पीओके० पनि भारतको त्यो नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले विरोध गरेको छ । उसले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्र संघमा जाने चेतावनी दिएको छ । यस विषयमा नेपालले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन । अन्नपूर्ण पोष्ट दैनिकबाट