महिलाको स्तन क्यान्सर र पाठेघरको उपचारको क्षेत्रमा सहयोग गछौं–मेयर महत

जनपत्र
२१ कार्तिक २०७६, बिहीबार १७:४७

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले महिलाको उपचारका क्षेत्रमा कुैपनि खालका सहयोग गर्न आफु तयार रहेको वताउनुभएको छ ।

मकवानपुर गढी गाउँपालिका तथा रोटरी क्लव अफ हेटौंडाको संयुक्त आयोजनामा महिलाको प्रजनन् स्वास्थ्य तथा आङ् खस्ने समस्या सम्वन्धी २ दिने तालिम कार्यक्रमको अवसरमा बोल्दै उहाँले महिलाहरु स्तन क्यान्सर र पाठेघरको क्यान्सर रोगबाट वेलैमा सचेत रहनुपर्ने वताउनुभयो ।

यस्ता खालका तालिमका लागि आफ्नो कार्यालयले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको वताउनुभयो । महिलाको स्वास्थ्यका क्षेत्रमा विकास वजेट काटेर भएपनि सहयोग गर्न तयार रहेको मेयर महतले वताउनुभयो । स्वास्थ्य क्षेत्रमा आफ्नो कार्यालयले धेरै खालका सहयोग गर्दै आएको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*