विगुको गुम्बाले गरेको प्रशंसनिय कामको अन्यत्र पनि प्रचार हुनु जरुरी छ–मन्त्री नेपाल

जनपत्र
२० कार्तिक २०७६, बुधबार २०:१३

प्रदेश नम्बर –३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले विगुको गुम्बाले गरेको प्रशंसनिय कामको अन्यत्र पनि प्रचार हुनु जरुरी रहेको वताउनुभएको छ ।

दोलखाको बिगु गाउँपालिका वडा नम्बर ७ मा आयोजित टाशी छिमे गाछलआधारभूत विद्यालयको भवन उद्घाटन समारोहलाई संबोधन गर्दै प्रमुख अतिथी मन्त्री नेपालले बाह्रबिसे बिगु सडकको स्तरोन्नति गर्दै बिगु क्षेत्रमा उत्पादन हुने अमिलो जातको फलफूल चिनमा निर्यात गर्न सकिने वताउनुभयो ।

ठिमसाङमा ताल निर्माण गरि पर्यटन प्रवर्धन गर्न सकिने वताउँदै मन्त्री नेपालले भन्नुभयो–‘ बाह्रबिसे बिगु सडकखण्ड स्तरोन्नतिको लागि सिन्धुपाल्चोक र दोलखा जिल्लाको संयुक्त प्रयत्न रहनेछ ।’ बिगु क्षेत्रको समृद्धिका लागि पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना रहेकोले यी क्षेत्रहरुको विकास गर्न आफ्नो प्रयत्न जारी रहने वताउनुभयो ।

छोराछोरी पढाउनका लागि अधिकांस बिगुबासी दोलखाको चरिकोट र काठमाण्डौँमा बसोबास गर्नुपर्ने समस्याको समाधान गर्न सकिएमा यस क्षेत्रको समृद्धि टाढा नभएको वताउनुभयो । गाउँपालिकाको बुहारी फर्काउ अभियान सफल बनाउन आफु प्रयत्नशिल रहने मन्त्री नेपालले वताउनुभयो ।

कार्यक्रममा प्रदेश सभाका सदस्य पशुपति चौलागाइँले विगु गाउँपालिका विगु गुम्बाकै कारण नामाकरण हुनपुगेकोले विगुबासीले गर्व गर्नुपर्ने वताउनुभयो । जलविद्युतको विकासको कारण अब विगु गाउँपालिकामा स्रोतको अभाव नहुने वताउँदै उहाँले भन्नुभयो–बुहारी फर्काउ अभियान सफल हुन्छ । विद्यालयमा पुस्तकालय, कम्यूटर ल्याब र विज्ञान प्रयोगशाला निर्माण गर्न स्रोतको खोजिमा लाग्नेछु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*