बंगलादेशी राष्ट्रपतिले फेवातालमा बोटिङ गर्ने

जनपत्र
२० कार्तिक २०७६, बुधबार १७:१८

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने राजकीय भ्रमणमा आगामी साता नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा कातिक २६ नेपाल आउने राष्ट्रपति हमिदले पोखराको समेत भ्रमण गर्ने भएका छन् ।पहिलो पटक नेपाल आउन लागेका राष्ट्रपति हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ ।

हमिद काठमाडौँपछि कात्तिक २८ गते पोखरा जानेछन् । उनीलाई सेनाको हेलिकप्टरमा राखेर पोखरा लैजाने तयारी छ । जहाँ उनलाई फेवातालमा बोटिङ गराउने तयारी भएको स्रोतले जनाएको छ । राष्ट्रपति हमिदको भ्रमणको क्रममा सौविद्ध व्यापार र मोटर भेइकल सम्झौता हुने भनिए पनि नेपाली पक्षबाट पर्याप्त तयारी नहुँदा दुवै विषयमा सम्झौता गर्ने कार्यक्रम स्थगित भएको छ ।

हमिद सन् २०१३ मा पहिलो पटक र सन् २०१८ मा दोस्रो पटक निर्वाचिन भएका हुन् । पछिल्लो १० वर्षदेखि बंगलादेशले तीव्र रुपमा आर्थिक विकास गर्दै आएको छ । भौलोगिक रुपमा भारत र चीनपछि सबैभन्दा नजिकको देश बंगलादेश र नेपालबीच ऊर्जा अदानप्रदानसम्बन्धी सम्झौता भएको छ । भारतीय भूभागको प्रयोग गरेर मात्रै विद्युत आदानप्रदान भएकाले यस विषयमा त्रिदेशीय बैठक हुन लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*