गुगलले भन्योः हाम्रो क्वान्टम कम्प्युटरले २ सय सेकेन्डमा असम्भव कार्य गर्नसक्छ

जनपत्र
२० कार्तिक २०७६, बुधबार १७:१७

अमेरिकाको विश्व चर्चित प्रविधि कम्पनी गुगलले आफूले बनाएको क्वान्टम कम्प्युटरले २ सय सेकेन्डमा असम्भव कार्य गर्नसक्ने दाबी गरेको छ। हाल विश्वमा भएको सबैभन्दा तिव्र गतिको सुपर कम्म्पयुटरले आगामी दश हजार वर्षसम्म गर्न नसक्ने काम वर्तमानमा गुगलले डिजाइन गरेको क्वान्टम कम्प्युटरले गर्ने कम्पनीको दाबी रहेको छ।

साइन्टिफिक जर्नल नेचरमा गुगलको एक ब्लग प्रकाशित भएको छ। त्यहाँ भनिएको छ,‘गुगलको क्वान्टम कम्प्युटरमा भौतिक विज्ञानको क्वान्टम पद्धतिअनुसार सबैभन्दा धेरै सूचनाहरु भण्डारन गर्न सकिनेछ।’ वैज्ञानिकहरुका अनुसार सामान्य कम्प्युटरले डेटा प्रयोग गर्दा एक स्थितीको एक अथवा शुन्य अंकको डेटा प्रयोग गर्दछ।

तर क्वान्टम कम्प्युटरले क्वान्टम बिट्र अथवा क्विबिट्समा आधारित डेटाको प्रयोग गर्दछन्। यसको अर्थ यस कम्प्युटरले शुन्य र एक दुवै अंकको डेटा प्रयोग गर्नसक्छ। सीएनएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*