ससुराली जाँदा श्रीमतीको हत्या : पेट्रोल ल्याउने नाममा छुरा ल्याएर गरे प्रहार

जनपत्र
२० कार्तिक २०७६, बुधबार ०६:२०

गत कात्तिक १७ गते मध्यान्ह १२ बजेको समयमा आफनै श्रीमतीलाई झाडीमा लगेर हत्या गरेको अभियोगमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पर्सा, जिराभवानी – ३ परसवाकी १९ वर्षीया निपु देवीको हत्या अभियोगमा उनकाका २८ वर्षीय श्रीमान् केदार भनिने रामबाबु हजरा दुसादलाई पक्राउ गरेको हो।

निपुको गत कात्तिक १७ गते साँझ शव भेटिएको थियो। प्रहरीले नियन्त्रणमा लिएपछि रामबाबुले हत्याको स्वीकार गरेको प्रहरीले जनाएको छ। रामबाबुले जेठी सालीको गवनामा श्रीमती निपुलाई लिएर ससुराली घर भारत, बेतिया, बरवा पञ्चायत–१० भंगवा गाउँ गइरहेका थिए। तर, बाटोमा पति–पत्नीबीच घरायसी विवाद हुँदा उनले हत्या गर्ने योजना बनाएका थिए।

‘दुवैबीच बाटोमा विवाद भयो। मोटरसाइकलमा पेट्रोल सक्कियो भनेर ओराली खोला किनारमा श्रीमतीलाई रोकेर चक्कु किनेर हत्या गरेको देखिन्छ। शव फालेर उनी ससुराली गएको खुलेको छ,’ पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने।

बाघमोर्चा चोकबाट चक्कु किनेका थिए उनले। खोलाको किनारमा रहेको झाडीमा लगेर रामबाबुले हत्या गरेको प्रहरीको दावी छ। साथै, ससुराली गएर मोटरसाइकलमा पेट्रोल भराएर आउँदा निपु भागेको बताएका थिए। साँझ निपुको शव गोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले रामबाबुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*