घाम तापेर पनि बच्न सकिन्छ क्यान्सर, डिप्रेसनबाट !

जनपत्र
२० कार्तिक २०७६, बुधबार ०६:११

चिसो सुरु भइसकेको छ । अनि अब हामीलाई घाम प्यारो लाग्ने समय पनि आएको छ । तर घाम ताप्दा न्यानो मात्र हुने होइन । घामको तापले हामीलाई निकै फाइदा पुर्याउँछ । तर, घाम ताप्दा के फाइदा हुन्छ र यसबाट फाइदा कसरी लिने भन्ने हामीलाई थाहा नहुन सक्छ । अनि यसको नोक्सानबाट कसरी बच्ने भन्ने थाहा नहुन सक्छ ।

सूर्यको प्रकाशका कारण चाहिँ हाम्रो शरीरमा धेरै फाइदा हुन्छ । यसमा रोगनिवारक हुने भएकाले हामी विभिन्न रोगबाट सुरक्षित पनि हुन सक्छौँ । सूर्यको प्रकाशमा नै क्यान्सरविरोधी तत्व हुनुका कारण यसले हामीलाई क्यान्सर हुने सम्भावनाबाट पनि बचाउने वैज्ञानिकहरु भन्छन् । शोधहरुका अनुसार जहाँ मानिसहरु कम समय सूर्यको प्रकाशमा बिताउँछन्, त्यहाँका मानिसहरुलाई क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ ।

यतिमात्र होइन, सूर्यको प्रकाशले हाम्रो रगत सन्चारलाई पनि राम्रो बनाउन सहयोग गर्छ । साथसाथै सूर्यको शरीरमा सेरोटोनिन नामको हर्मोन कम हुने भएकाले डिप्रेसन हुनबाट पनि सूर्यको प्रकाशले बचाउने विभिन्न अध्ययनले निष्कर्ष निकालेका छन् । बरु यसले हामीमा खुसी बढाउँछ । फेरि के कुरामा सचेत हुनुपर्छ भने लामो समय सूर्यको प्रकाशमा बस्दा चाहिँ हामीलाई फाइदा हुँदैन । लामो समय बस्दा चाहिँ एलर्जी हुनेमात्र होइन, छालाको क्यान्सरसमेत हुनसक्ने अध्ययनहरुले देखाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*