जापानमा किन हुँदैछ ‘हिल’को विरोध ?

जनपत्र
१९ कार्तिक २०७६, मंगलवार ०६:२५

जापानमा कार्यालयमा औपचारिक पहिरनका रुपमा महिलाहरुले अनिवार्य ‘हिल’ लगाउनुपर्ने नियम हटाउने अभियान अन्र्तगत १९ हजार मानिसले लिखित पत्रमा हस्ताक्षर गरेका छन् ।

सो अभियान युमी इसिकावाले सुरु गरेकी हुन् जसलाई अन्त्येष्टि गृहमा उँचो हिल लगाउन निर्देशन दिइएको थियो । यसबारेमा उनले ट्वीटरमा गरेको गुनासो भाइरल भइ तीस हजारपटक शेयर भएको हो । यसअघि २०१५ मा पनि लन्डनमा एक रिसेप्सनमा बस्ने महिलालाई हिलयुक्त जुत्ता लगाउन नमानेको भन्दै पारिश्रमिक नदिइ घर पठाइएको खबर व्यापक चर्चामा आएको थियो ।

जापानमा अहिले यो अभियानलाई ३प्गत्यय नाम दिइएको छ । जापानमा जुत्तालाई ‘कुत्सु’ र पीडालाई ‘कुत्सुउ’ भनिन्छ । यस्तोमा यसलाई ‘मि–टु’ सँग जोडेर कु–टु अभियान सञ्चालन गरिएको हो । अभियानमा सहभागी महिलाहरुका अनुसार जुनसुकै कामका लागि आवदेन दिँदा पनि जापानमा हिललाई अनिवार्य पहिरनका रुपमा उल्लेख गर्ने गरिएको हुन्छ ।

यसरी औपचारिक पहिरनमा परिवर्तन ल्याउन यसअघि पनि विभिन्न अभियान सञ्चालन भइसकेका छन् । बेलायतमा पनि निकोला थोर्पले फाइनान्स कम्पनीमा हिल लगाउन भनिएपछि यस विरुद्ध अभियान सुरु गरेकी थिइन् । यसबारे मिडियामा पनि व्यापक चर्चा सुरु भएपछि विभिन्न कम्पनीहरुले महिलाहरुले ‘फ्ल्याट जुत्ता’ लगाउन पाउने घोषणा गरेका थिए । त्यस्तै २०१७ मा क्यानडाको एक प्रदेशमा पनि महिला कर्मचारीलाई अनिवार्य हिल लगाउनुपर्ने नियम रद्द गरिएको थियो ।

हिल लगाउनुले चिप्लिने, लड्ने लगायत शारीरिक क्षति पुग्ने जोखिम हुन्छ भने यसले खुट्टा, पैताला र ढाडमा समेत दिर्गकालीन समस्या गराउने गर्दछ । बिबिसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*