प्रदेश ३ को सामाजिक विकास मन्त्रालयमा अपांङ्गता सूचना केन्द्र सञ्चालनमा

जनपत्र
१८ कार्तिक २०७६, सोमबार १८:१६

हेटौंडा । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयमा आजबाट अपांङ्गता सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ । सूचना केन्द्रको उद्घाटन् गर्दै सामाजिक विकास मन्त्री युवराज दुलालले राज्यका हरेक संरचना अपाङ्गता मैत्री वनाउनुपर्ने वताउनुभयो । अपाङ्गता भएकाहरुले पाउने सेवा सुविधा सबैले सहज रुपमा प्राप्त गर्नुपर्ने वताउनुभयो । गुनासो नभएको कुनैपनि क्षेत्र नभएकाले खुलेर आफ्ना समस्या राख्ने र सुधार गर्नुपर्ने मन्त्री दुलालले वताउनुभयो ।

प्रदेश सरकारले गर्ने काम अपाङ्गता मैत्री गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । अपाङ्गता भएकालाई सामाजिक रुपमा सम्मान गर्नुपर्ने वताउनुभयो । सरकारले सबै एकै भएको प्रत्याभुति दिलाउनुपर्ने वताउनुभयो । अपांङ्गता भएकाहरुको लागी सामाजिक सुरक्षा कार्यक्रमअन्तर्ग प्रदेशको एकसय १९ वटै स्थानीय तहलाई बजेट समेत वितरण गरेको बताउनुभयो ।

मन्त्री दुलालले मन्त्रालयले दिने सेवा सुविधाको बारेमा जानकारी दिनुको साथै केन्द्रले अपांङ्गता भएका व्यक्तिहरुको हक अधिकारको सुचित गराउने बताउनुभयो । उहाँले केन्द्रमा अपांङ्गमैत्री सुचनामुलक सामाग्री राखिएको पनि बताउनुभयो ।

राष्ट्रिय अपांङ्ग महासंघ प्रदेश ३ को सहकार्यमा अपाङ्गता सूचना केन्द्र सञ्चालनमा ल्याएको सामाजिक विकास मन्त्रालयका आठौ तहका अधिकृत चन्द्रकुमारी व्यन्जनकारले जानकारी दिनुभयो ।

मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख इन्दिरा ओझाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डाक्टर मुकुन्द प्रसाद पौडेल, मकवानपुरको कैलाश गाउपालिकाका अध्यक्ष टंक मोक्तान, ईन्द्रसरोवर गाउपालिकाका अध्यक्ष जीवन लामा, राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्मा लगायत अपांङ्गता भएका व्ययिक्तहरुको लागी काम गर्ने संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अपाङ्गता सम्वन्धी जानकारी दिने उदेस्यले हेटौंडामा कार्यक्रम

राष्ट्रिय अपांङ्ग महासंघको आयोजनामा प्रदेश ३ का सबै मन्त्रालयहरुका लागि अपाङ्गता सम्वन्धी जानकारी दिने उदेस्यले आज हेटौंडामा कार्यक्रम गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको हलमा प्रदेशका मन्त्रालयहरुका लागि अपाङ्गता सम्वन्धी कानूनी प्रावधान संघिय प्रणाली तथा अपाङ्गता भएका व्यक्तिको राज्य प्रद्धत्त सेवा सूविधाहरुको बारेमा प्रदेश स्तरिय अभिमुखीकरण कार्यक्रम हेटौंडामा भएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले आवाज बिहीनहरुको आवाजलाई मिडियाले बाहिर ल्याउनुपर्ने वताउनुभयो । प्रदेश सरकारले अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गर्ने वताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख भगवती पुणासैनी, सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दवाडी, सवोच्च अदालतका सहरजिष्टार श्रीलाल पौडेल, राष्ट्रिय अपांङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्मा लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*