फास्ट ट्र्याकको पुलको ठेक्का फटाफट गर्ने सेनाको तयारी

जनपत्र
१६ कार्तिक २०७६, शनिबार ०६:४९

महत्वकांक्षी र बहुचर्चित फास्ट ट्र्याकको निर्माणलाई गति दिन नेपाली सेनाले आयोजनामा पर्ने पुलहरुको ठेक्का निकाल्ने अन्तिम तयारी गरेको छ। नेपाली सेनाका सहायकरथी विज्ञानदेव पाण्डेले तयारी पूरा भइसकेकाले एकरदुई दिनमै पुल निर्माणको टेण्डर निकाल्न लागिएको जानकारी दिए। उनका अनुसार, नेपाली निर्माण व्यवसायीले निर्माण गर्न सक्ने पुलहरुको ठेक्का निकाल्न लागिएको हो।

द्रुतमार्ग आयोजनाको नेपाली र विदेशी कम्पनीहरुले निर्माण गर्ने पुलहरु छुट्याइएको छ। सामान्य पुल नेपाली निर्माण कम्पनी र विशेष प्रकृतिका पुलहरु विदेशी कम्पनीबाट गराउन लागिएको हो।

कुल ८७ पुलमध्ये ७१ वटा नेपाली र १६ वटा विदेशी कम्पनीबाट गराउन लागिएको हो। नेपाली निर्माण कम्पनीबाट निर्माण गराइने पुलहरु तत्कालै टेण्डर निकालेर काम सुरु गर्न लागिएको भए पनि विदेशी कम्पनीमार्फत् निर्माण गराइने पुल कहिलेबाट निर्माण थाल्ने टुङ्गो लागेको छैन।

नेपाली सेनाले यसअघि नै अन्तर्राष्ट्रिय बोलपत्र निकालेर ६ वटा कम्पनी ुप्रि क्वालिफाईु गरेको थियो। सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा ठेक्का निकालिएको थियो। पछि विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० र सम्भाव्यता रिपोर्टमा भिन्नता आएपछि नयाँ ठेक्का निकालेर काम अघि बढाउन लागिएको पाण्डेले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*