प्रिन्सिपलले कक्षा काेठामै फुटाइदिए विद्यार्थीका १६ मोबाइल

जनपत्र
१६ कार्तिक २०७६, शनिबार ०६:३९

केही अघि नेपालका कलेजमा पनि एउटा नियम लागु गर्ने विषयमा छलफल भएको थियो । त्यो हो, नेपालका कलेजमा मोटरसाइकल, मोबाइल र मिनिस्कर्टमाथि बन्देज लगाउने । तर, विद्यार्थीको हकमा हुने भए पनि यो नियम लागु हुन सकेन ।
उता, भारतको कर्नाटकमा भने एक स्कुलका प्रिन्सिपलले यस्तै एउटा गरेका छन् । उनले खासमा विद्यार्थीको मोबाइल फुटाइदिएका हुन् । अनि त्यसरी उनले मोबाइल फुुटाइदिएको भिडियो अहिले सामाजिक सन्जालमा धुम मच्चाइरहेको छ ।

प्रिन्सिपलले कक्षामा पढाइरहँदा विद्यार्थीहरुले मोबाइल चलेको भेटाएका थिए । त्यसपछि उनले बारम्बार चेतावनी दिएको पनि विद्यार्थीले मानेनन् । अनि त उनले बाहिरबाट एउटा ह्याम्मर मगाएर ती विद्यार्थीको स्मार्टफोन फुटाइदिएका हुन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*