जुवाखालबाट बरामद भएको पैसा लुकाउने ३ प्रहरी निलम्बित

जनपत्र
१६ कार्तिक २०७६, शनिबार ०६:२९

जुवाखालबाट बरामद भएको पैसा लुकाउने ३ प्रहरी निलम्बित भएका छन । कात्तिक ९ गते असई सन्तोष सुवेदीको टोली तिहारको मौकामा जुवातास खेलिरहेकालाई नियन्त्रणमा लिन खटिएको थियो । सुवेदीको टोलीले पोखरा ६ मा रहेको होटल क्रिस्टल प्यालेसमा छापा मारेको थियो त्यहाँबाट टोलीले १० लाख ५८ हजारसहित ९ जनालाई नियन्त्रणमा लिएको थियो । तर, प्रहरी कार्यालयमा बुझाउँदा १ लाख २६ हजार रुपैयाँ ‘गायब’ थियो ।

बरामदपश्चात हराएको बाँकी रकम पछि असई सुवेदीले प्रयोग गर्ने स्कुटरभित्र भेटियो । उक्त पैसा सुवेदीको स्कुटरमा राखेको सीसीटीभी फुटेजबाट पत्ता लागेको थियो । सुवेदीको स्कुटरमा अर्का २ जना सादा पोशाकमा खटिएका प्रहरी जवानले राख्दै गरेको ससीटीभी फुुटेजमा देखिएको छ ।

बरामद भएको रकम असई सुवेदीले आफ्नो स्कुटरमा राख्न लगाएको पाईएको र जुवातासविरुद्ध अभियान नै चलाइरहेको कास्की प्रहरी संगठनका कर्मचारीले नै बरामद भएको रकम लुकाएको खुलेपछि असई सुवेदीसहित ३ जना निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले पुष्टि गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*