आमाको हत्या गरेका स्कुल टपर

भारतको दिल्ली नजिकैको सहर गाजियाबादमा एक व्यक्ति पक्राउ परेका छन् । उनी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
कुनै समय स्कुलमा अत्यन्त राम्रो अध्ययन गरिरहेका ती युवालाई प्रहरीले तीन वर्ष पहिले नै आमाको हत्या गरेको अभियोग लगाएको छ । उनी लागु औषधको कुलतमा लागेको र आमासँग पैसा माग्दा नपाएपछि आमाको हत्या गरेको प्रहरी अनुसन्धानले यसअघि नै देखाइसकेको छ ।
ती युवा आमाको हत्यापछि साधुको भेषमा विभिन्न ठाउँमा लुक्दै हिँडेका थिए । उनले त्यहाँको ठूलो र प्रतिस्ठित स्कुलमा कक्षा दशसम्म कक्षाहरु टप गरेका पनि थिए ।