छठका लागि सिंगारिदै मोहना तट

जनपत्र
१४ कार्तिक २०७६, बिहीबार ०७:१६

तराईवासीले भव्यताका साथ मनाउने छठको पूजा गर्न धनगढीको मोहना घाट सिंगारिन थालिएको छ। परिवारको सुख, शान्ति, रोग–व्याधाबाट बच्नका लागि छठीमाई र सूर्यको पूजा छठको विशेषता मानिन्छ।

छठमा पूजा गर्न आउने श्रद्धालु भक्तजनलाई सहज बनाउँन मोहना घाटमा टेण्टसँगै बिजुली बत्ति र रातिका लागि जाग्रामस्थल निर्माण कार्य सकिएको समितिका अध्यक्ष सन्तोष मण्डलले बताए। मोहना घाटमा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्दो क्रममा रहेको बताउँदै उनले सोहीअनुसार पूजास्थल निर्माण थालिएको बताए।

उनका अनुसार दुई सय वटा पूजास्थल मोहना नदी किनारमा निर्माण गरिएका छन्। यसका अलावा धनगढी बजारका मुख्य स्थानहरुमा स्वागत गेट निर्माण कार्य पनि भइरहेको उनले जानकारी दिए। मोहना घाटबाट ५ हजार भन्दा बढी श्रद्धालुले सूर्यलाई जलचढाउने बाहेक कम्तिमा १० हजार मानिसले पूजा स्थलको अवलोकन गर्ने आयोजकको अनुमान छ। छठमा तराई वासीले कठोर वर्त बस्ने गर्दछन्।

पहिलो दिन (खर्ना) फलाहार गरेर व्रत बसिन्छ। तर दोश्रो र तेश्रो दिन भने पानी समेत नखाएर व्रतालुले छठीको आरधना गर्ने गर्दछन्। दोश्रो दिन अस्ताउदो सूर्य र तेश्रो दिन उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मैयाको आरधना गरेपछि पूजा समाप्त हुने अध्यक्ष मण्डलले बताए। परिवारजनको सुख र शान्तिका लागि व्रत बस्ने प्रचलन रहेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*