मोरङबाट ६ लाख ६० हजारसहित २० जुवाडे पक्राउ, ७५ हजार नगद सहित सिरहाबाट ८ जना जुवाडे पक्राउ

जनपत्र
१३ कार्तिक २०७६, बुधबार ०८:१९

मोरङ प्रहरीले विभिन्न २ स्थानबाट २० जुवाडेलाई नगद ६ लाख ६० हजार २४५ सहित पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका वडा नं ३ स्थित एक घरबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट कौडा १ सेट (१६ वटा) र नगद  ४ लाख ४९ हजार ६३५बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी विराटनगर महानगरपालिका वडा नं ८ बाट पनि प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट कौडा १ सेट र नगद  दुई लाख दश हजार छ सय दश बरामद भएको प्रहरीले जनाएको छ।  उनीहरु सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान  भइरहेको मोरङ प्रहरीले जनाएको छ  ।

सिरहा नगरपालिका-१५ माडरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७५ हजार ५सय २५ रुपैयाँ सहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरहा नगरपालिका-१४ खिरौनाका २६ वर्षीय नुर खान, ३८ वर्षीय मो. रफिक, २५ वर्षीय जावेद खान, वडा नम्बर १५ का ४७ वर्षीय श्याम कुमार यादव, २९ वर्षीय रंजित यादव, २८ वर्षीय दिनेश यादव, ३५ वर्षीय संजिव कुमार महतो र गोलबजार नगरपालिका ८ का ३३ वर्षीय सिकेन्द्र साफीलाई पक्राउ गरेको छ ।

७३ हजार ६ सय ५ नेपाली र भारतीय १ हजार २ सय रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक उमा शंकर प्रसाद यादवले बताए । पक्राउ परेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*