सोलुखुम्बुमा १५ दिन लामो ‘ट्रेल रेस’ सुरु

जनपत्र
१३ कार्तिक २०७६, बुधबार ०६:५८

सोलुखुम्बु – सोलुखुम्बुमा मंगलबारदेखि १५ दिन लामो ट्रेल रेस सुरु भएको छ ।

ट्रेल रेस पर्यटक वर्ष सन् २०२० लाई लक्षित गरी मंगलबारदेखि सोलुखुम्बुको धापबाट सुरु भएको हो । सोलुखुम्बुको तल्लो भेग धापबाट सुरु भएर आधारशिविर पुगेर फेरि तल्लो क्षेत्रको फाप्लुमा आएर रेस समापन हुने सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले बताउनुभयो ।

आयोजक संस्था ‘दी स्मल वर्ल्ड’का अध्यक्ष कर्मा शेर्पाका अनुसार धावकहरु ४ हजार ६ सय अग्लो पिके पिक, ३ हजार ५ सय मिटर अग्लो लामाजुरा पास गर्दै पर्यटकीय गाउँजुन बेंसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको दूधकुण्डपोखरी हुदैै दौडने छन् ।

पहिलो सगरमाथा आरोहीहरु तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी हिँडेको ऐतिहासिक पदमार्गलाई पछ्याउँदै धावकहरु दौडिने आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो ।  रेसमा विदेशी ६५ जना र नेपालका १५ जना सहभागी छन्  । ३ सय १० किलोमिटर दूरीको दौड पूरा गर्न १५ दिन लाग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*